यी हुन मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका ६ नेपाली(नाम र ठेगानासहित)

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते ५:४४

काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका ६ जना नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको छ । अन्य १६ जना विरामी परेका छन् ।

मलेसियाको सेलांगोर राज्यमा भएको यो घटनाबारे मलेसियास्थित नेपाली राजदूतावासले मृतकको नाम र ठेगानसमेत पुष्टि गरेको छ ।

दूतावासका अनुसार मृतक हुनेमा बसेरी ३ धादिंगका भीमबहादुर घले मगर, मसिना ६ रुपन्देहीका रामकुमार यादव, अमरागढी ५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसहवा ९ सुनसरीका संजय उराव, सिद्धिथुम्का ९ इलामका बलबहादुर कुर्लंग र ठेगाना खुल्न नसकेका आइतसिंह गोले रहेको दूतावासले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले त्यहाँका विभिन्न अस्पतालमा उपचार गराइरहेका १६ जनाको नाम र ठेगना पनि सार्वजनिक गरेको छ । दूतावासले सो घटनाको अपुष्ट जानकारी मदिरा सेवन भनिएपनि सोबारे मलेसिया प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । दूतावासले मलेसियामा रहेका नेपालीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेको छ ।

२०७५ असोज ३ गते ५:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर