ओलीमाथि जाइलागे प्रचण्ड : भाषण मात्रै गरेर हुन्न, काम पनि गर्नु पर्छ

आजको खबर   |    प्रकाशित : २०७५ असोज ८ गते ११:५८

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला अभिव्यक्ति आफ्नै पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिन केन्द्रित छन् ।
भाषण अनुसार काम नभएको भन्दै प्रचण्डले यही स्थिति रहेमा नेपालको सिंगो कम्युनिष्ट आन्दोलनमाथि भरोसा उड्ने उनले दावी गरेका छन् ।

केही दिन पहिले धुम्बाराही स्थित नेकपा पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीकै सामुन्नेमा सरकारको प्रफर्मेन्सप्रति असन्तोष पोखेका प्रचण्डले सोमबार चितवनमा झनै कडा अभिव्यिक्ति दिएका छन् ।

प्रचण्डका पछिल्ला अभिव्यक्ति सरकारले डेलिभरी दिन नसकेकोप्रति केन्द्रित छन् ।

अहिले बहुमतको सरकार त्यसमाथि काम गर्न अनुकुल वातावरण हुँदा पनि केही गरेर नदेखाउने हो भने ठूला कुरा गर्नुको कुनै तुक नहुने प्रचण्डको भनाइ छ ।

अहिले पनि नभए कहिले हुन्छ? भन्दै उनले सरकार र मुख्यतः प्रधानमन्त्री ओलीलाई लक्षित गरेर भाषण अनुसार काम गर्नु पर्ने बताए ।

२०७५ असोज ८ गते ११:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर