गृहमन्त्री चढेको हेलिकप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण

आजको खबर   |    प्रकाशित : २०७६ असोज ११ गते ८:२४

रामेछाप। गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ ।

सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकोप्टर अचानक रामेछाप उतारिएको हो । महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । हेलिकोप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् ।

सो हेलिकोप्टर साढे नौ बजे मन्थलीमा अवतरण भएको थियो । मध्यान्हसम्म जनकपुर तर्फको मौसममा सुधार नआएकाले थापा लगायतको टोली रामेछाप विमानस्थलमानै प्रतिक्षामा बसेको छ । मध्यान्हसम्म उडानका लागि मौसम नखुलेपछि विमानस्थलबाट उनीहरु खाना खान मन्थली बजार तर्फ लागेका छन् ।

२०७६ असोज ११ गते ८:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर