ज्यान मुद्दामा गंगामायाका छोरा नुरप्रसाद पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज ८ गते १४:३६

काठमाडौं । गोरखा फुजेलकी गंगामायाका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन्। उनलाई सोमबार ललितपुर प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीमाथि ज्यान मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ। अधिकारीलाई हिरासतमा राख्न अदालतबाट प्रहरीले ७ दिनको म्यादसमेत लिएको ललितपुर प्रहरी स्रोतले जानकारी दिएको छ।

मुद्दा हारेपछि पाटन उच्च अदालतमा नुरप्रसादले तोडफोड गरेका थिए। सो तोडफोडपछि उच्च अदालतले उनलाई पक्राउ गर्न उच्च अदालतले आदेश दिएको थियो। सो आदेशअनुसार उनी पक्राउ परेका हुन्।

जिल्ला अदालतमा एक जग्गा सम्बन्धि मुद्दा हारेका अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतले पनि जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरेपछि उनले आइतबार उच्च अदालतमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही हुनुपर्ने माग राखी आमरण अशन बसेकै अवस्थामा करिब ४ वर्षअघि नुरप्रसादका बाबु नन्दप्रसादको निधन भएको थियो। नुरप्रसाद सो बेलादेखि वेपत्ता थिए।

छोराले शव नबुझेपछि नन्दप्रसादको बव त्रिवि शिक्षण अस्पतालसम्म अँझै छ। बेपत्ता रहेको अवस्थामा नुरप्रसाद राजधानीमा जग्गाको कारोबारमा संलग्न रहेको बताइन्छ। यसै कारोबारमा उनी एक मुद्दामा फसेका थिए।

२०७५ असोज ८ गते १४:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर