गजल -‘जे पर्ला जोड्छु नाता प्यार कहाँ छ’- प्रकाश पाक्साँवा

आजको खबर   |    प्रकाशित : २०७५ असोज १७ गते २:२२

फुट्न खोज्छ मुटु, आधार कहाँ छ
जे पर्ला जोड्छु नाता, प्यार कहाँ छ।

तिम्रै अभावमा, पागल भइदिदाँ म
सम्हालिने मनमा, समाचार कहाँ छ।

पत्थर हैन मेरो मन, भन्थ्यौ सधै सधैं
सपनामा रम्ने मन, सदाबहार कहाँ छ।

रुन्न होला त्यो मन, म आसुँमा तैरिदाँ
मेरो खूशी फुल्ने, फुलमती झार कहाँ छ।

प्रकाश पाक्साँवा
तेह्रथुम

२०७५ असोज १७ गते २:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर