विश्वकप छनोट : नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित

आजको खबर   |    प्रकाशित : २०७५ असोज २१ गते १०:५५

काठमाडौँ। टी–ट्वान्टी विश्वकपको एसिया छनोट बी अन्तरगत नेपालले तेस्रो खेलमा पनि थाइल्याण्डमाथि जित हासिल गर्न सफल भएको छ।

मलेशियाको वायुमास ओभल मैदानमा भएको खेलमा नेपालले थाइल्याण्डलाई डिएल मेथडका आधारमा १४० रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई ७ विकेटको क्षतिमा १७३ रनको लक्ष्य दिएको थियो।

नेपालले दिएको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थाइल्याण्डले १० ओभरमा ९ विकेट गुमाएर १८ रन बनाउँदा पानी परेको थियो।

खेलमा सन्दिप लामिछाने एक्लैले ३ ओभरमा ८ रन दिएर ५ विकेट लिए। यस्तै ललितनारायण राजवंशीले एक र करण केसीले ३ विकेट लिए।
नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर सो स्कोर बनाएको हो। नेपालका लागि आठौं नम्बरमा ब्याटिंग गरेका करण केसीले विस्फोटक ब्याटिंग गरे।

उनले नटआउट १४ बलमा ४० रनको विस्फोटक ब्याटिंग गरे। उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए। नेपालका लागि विनोद भण्डारी र अनिल शाहले इनिंग शुरुआत गरेका थिए । नेपालको शुरुवात विस्फोटक भए पनि निरन्तर विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो। तर, अन्तिम ओभरमा करणले २४ रन जोडेपछि नेपालले सुरक्षित हुन सक्ने स्कोर बनाएको हो।

यस्तै नेपालका लागि शरसद भेसवाकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भण्डारीले १५ रनको योगदान दिए। यस्तै कप्तान पारस खड्काले ५, आरिफ शेखले ८ र ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने सोमपाल कामीले नटआउट ४ रनको योगदान दिए।

२०७५ असोज २१ गते १०:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर