गजल -‘सुदूरको महामार अचम्म लाग्यो’- जयलक्ष्मी जोशी

आजको खबर   |    प्रकाशित : २०७५ असोज १७ गते १३:१८

 जयलक्ष्मी जोशी

सुदूरको महामार अचम्म लाग्यो
जलाईए समाचार अचम्म लाग्यो।

के टक्र्याउ महासय भोट दिएकै हो
बदलामा तिरस्कार अचम्म लाग्यो।

जे देख्छन् लेख्छन् स्वतन्त्रकर्मी
पत्रकारलाई वहिस्कार अचम्म लाग्यो।

निर्मलाको न्यायमा मेचीकाली उर्लियो
तर मौन छ सरकार अचम्म लाग्यो।

हत्यारा प्रियछन् कानूनको काखमा
निर्दोशलाई तरबार अचम्म लाग्यो।

प्रकृतिको उपहार सम्पदा मासेर
सत्ताको घरबार अचम्म लाग्यो।

जयलक्ष्मी जोशी
धनगढी, कैलाली

२०७५ असोज १७ गते १३:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर