सिटी एक्सप्रेसको काठमाडौंमा ‘निःशुल्क बस सेवा’ सुरु

आजको खबर   |    प्रकाशित : २०७५ असोज १७ गते १३:३१

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाँड दशैंलाई लक्षित गरी ७ दिने “निःशुल्क बस सेवा” सुरु गरेको छ।

यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गतेसम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट सुरु भई रिङ्गरोड परिक्रमा गर्नेछ।

वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी महान् चाँड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस् भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो।

उक्त उद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्ट हरुले संयुक्त रुपमा रिबन काटेर यो सेवा सुरु गरिएको छ।

२०७५ असोज १७ गते १३:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर