वर्षभरीमा ७ दिन यौन सम्पर्क गर्दा अशुभ मानिन्छ, कुन-कुन दिन हुन्? (हेर्नुहोस् भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १९ गते १:१७

काठमाडौँ। ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ। यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौँ दिन अशुभ भनेर उल्लेख गरिएको छ। यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन। यी दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने उक्त पुराणमा उल्लेख छ। कुन कुन् दिन स्त्री–पुरुष मिलन अशुभ?

१. औंशीको दिनमा जोडीहरूको मिलन हुनु अशुभ मानिन्छ। औंशीको दिनमा शारीरिक सम्बन्ध नभएको उत्तम हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ।

२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध परहेज गरिएको छ।

३. संक्रान्तिमा पनि जोडीबीच शारीरिक मिलन अशुभ मानिएको छ। सक्रान्तिको दिनमा पति पत्नी वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम ब्रह्मवैवर्त पुराण भन्छ।

४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो।

५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ भनेको छ।

६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ।

७. कुनै पनि व्रत बसेको समयमा पनि स्त्री(पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषिद्ध छ।

(हेर्नुहोस् भिडियो)

२०७५ असोज १९ गते १:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर