सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २२ गते १४:३९

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन्।

आज गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिए।

उनले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनसमेत बलका अधिकारीहरुलाई सचेत गराए। उनले राज्यले बललाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशन दिए।

गृह मन्त्रालयले मदिरा नियन्त्रण र लागुऔषध निषेध अभियान शुरु गरेको जानकारी दिँदै गृहमन्त्री थापाले यो अभियानमा प्रहरी बलले समेत विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए। देशमा अस्थिरता निम्ताउन खोज्ने तत्वको समेत निगरानी बढाउन उनले बलका पदाधिकारीहरुलाई निर्देशन दिए।

२०७५ असोज २२ गते १४:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर