सन्दीप लामिछानेको एकपछि अर्का सफलता, एकै सिरिजमा सबैभन्दा बढि विकेट लिने खेलाडी बने

आजको खबर   |    प्रकाशित : २०७५ असोज २६ गते ११:१६

काठमडौं । एकपछि अर्का सफलता प्राप्त गरिरहेका नेपला स्टार लेग स्पीनर सन्दीप लामिछानेले मलेसियामा चम्कि एक महत्वपूर्ण राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

मलेसियामा शुक्रबार सम्पन्न भएको आईसीसी वल्र्डकप टटी ट्वान्टी एशिया बीको छनोट प्रतियोगितामा ६ वटा खेलबाट २४ विकेट लिँदै नेपालका लागि एकै सिरिजमा सबैभन्दा बढि विकेट लिने खेलाडी बनेका हुन् । यसअघि यो राष्ट्रिय कीर्तिमान बसन्त रेग्मीको नाममा थियो जसले २१ विकेट लिएका थिए ।

मलेसियामा रहँदा सन्दीप ३ पटक म्यान अफ दि म्याच भइसेका छन् भने शुक्रबारको खेलमा पनि उनले सो पुरस्कार पाउने सम्भावना छ ।
सन्दीपले म्यानमारविरुद्धको खेलमा २ ओभर बलिंग गर्दै ३ रन दिएर ४ विकेट लिएका थिए । यस्तै भुटानविरुद्धको खेलमा ४ ओभर बलिंग गर्दै ६ रन दिएर ३ विकेट लिए ।

मलेसियासँगको खेलमा उनी झनै आक्रमक देखिए । सो खेलमा उनले ४ ओभर बलिंग गर्दै २० रन ५ विकेट लिए । चीनसँगको खेलमा ४ ओभरमा ४ रन दिएर ३ विकेट लिए ।

यस्तै थाइल्याण्डसँगको खेलमा उनले ३ ओभरमा ८ रन दिएर ५ विकेट लिए। यस्तै शुक्रबारको खेलमा उनले सिंगापुरविरुद्ध ३.३ ओभरमा १६ रन दिएर ४ विकेट लिए ।

२०७५ असोज २६ गते ११:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर