स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र, सम्पूर्ण देशवासीलाई दिए विजयादशमीको शुभकामना

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३० गते ११:०९

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । करिब ६ हप्ता अघि बैंकक, कोलम्बो र माल्दिभ्सको राजधानी मालेको भ्रमणमा निस्किएका पूर्व राजा शाह आज स्वदेश फर्किएका हुन्।

पूर्व राजा शाह निजी भ्रमणमा निस्किएका थिए। यद्धपी उनले त्यहा राजतितिक भेटवार्ता समेत गरेका थिए। भारतमा छँदा आध्यात्मिक सिद्धी प्राप्त मानिएका स्वामी राहुलेश्वरानंदद्धारा आयोजित लक्षचण्डी होममा सामेल भई पूर्वराजा शाह आज स्वदेश फर्किएका हुन्।

शारदीय नवरात्रका अवसरमा मुम्बईमा आयोजित उक्त होममा पूर्व राजा शाह पञ्चमीका दिन अर्थात २८ गते पत्नी कोमल, बुहारी हिमानी र उनका छोरा हृदयेन्द्र सहित सहभागि भएका थिए।

यज्ञको पाँचौँ दिन सहभागि भएका पूर्व राजा शाहलाई राहुलेश्वरानंद लगायतले स्वागत गरेका थिए। आज दिउसो त्रिभुवन विमानस्थलमा आइपुगेका पूर्वराजा शाहले सम्पूर्ण देशवासीमा विजयादशमीको शुभकामना व्यक्त गरेका छन्।

२०७५ असोज ३० गते ११:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर