यसरी मनाए राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दशैं (हेर्नुहोस् भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ४ गते ७:२९

काठमाडौँ। यस वर्षको दशैंमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह तीनै जनाले सर्वसाधारणहरुलाई टिका लगाइदिएका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा, राष्ट्रपति भण्डारीले शितल निवास र पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाइदिएका हुन्।

सर्वसाधरणलाई टिका लगाईदिनु अघि प्रधानमन्त्री ओलीले बुवाको हातबाट टिका ग्रहण गरे भने राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन्। उनीहरुबाट टिका लगाउन आउने सर्वसाधारणहरुको घुँइचो नै लागेको थियो।

हेर्नुहोस् भिडियो

२०७५ कार्तिक ४ गते ७:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर