अस्पतालको विषयलाई लिएर दुर्इ गाउँबीच झडप (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ७ गते १३:५९

बारा । नेपाल भारत सीमा क्षेत्रमा पर्ने बारा पचरौता नगरपालिका बेनौलीमा सोमबार फिल्म शैलीमा झडप भएको छ। मानिसहरू हातमा ढुङ्गा र लाठी बोकेर खेतमा उत्रिएका थिए। लाठी, बचाउ सामग्री र हतियार बोकेका सुरक्षाकर्मीहरू पनि खेतको माझमा थिए।

नगरका दुई गाउँ बेनौली र बेलदारीका मानिसहरूबीच अस्पतालको विषयलाई लिएर एक आपसमा झडप भएको हो। बालबालिका, महिला र बृद्धबृद्धासम्म झडपमा सहभागी भएका थिए । अवस्थालाई नियन्त्रण बाहिर जाने देखेपछि प्रहरीले १३ सेल अश्रुग्यास समेत प्रहार गरेको छ।

झडपमा बेलदारीका नन्दकिशोर यादव, रमेश यादव र जोगिन्दर राम घाइते भए। घातेमध्ये नन्दकिशोरको अवस्था गम्भीर छ। अहिले उनको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ। यादवको टाउकोमा गहिरो चोट लागेको छ। हेर्नुहोस् भिडियो :

२०७५ कार्तिक ७ गते १३:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर