एप्पलले सार्वजनिक ग¥यो अहिलेसम्मकै पातलो आइप्याड

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १४ गते ८:३६

एजेन्सी । अमेरिकी चर्चित कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो ।

आइप्याड प्रो ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ ।स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ । यसमा पिक्सेल मास्किंग टेक्नोलोजी रहेको  छ ।नयाँ आइप्याड प्रो ६४ जिबी, २५६ जिबी र १ टिबी गरी तिनवटा स्टोरेजमा उपलब्ध रहेको बताइएको छ ।नयाँ आइप्याड प्रो एप्पलको पहिलो युएसबी टाइप सी सपोर्ट गर्ने डिभाइस हो । यसले युएसबी टाइप सी कनेक्टर पोर्ट सपोर्ट गर्दछ।नयाँ आइप्याड प्रोमा एप्पलकै ए १२ एक्स बायोनिक सेभेन एनएम प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ट्रू टोन एलइडी फ्लासयुक्त १२ मेगापिक्सेलको रियर क्यामरा सेन्सर रहेको छ । उक्त क्यामेराले फोर के भिडियो रेकर्ड गर्न सकिन्छ ।यस आइप्याडमा १० घण्टाको ब्याट्री लाइफ रहेको दाबी गरिएको छ ।एप्पलका अनुसार यो अहिलेसम्मकै पातलो आइप्याड हो । दुबै आइप्याड प्रोको मोटाइ मात्र ५.९ मिलिमिटर रहेको छ । आइफोन एक्सजस्तै एप्पलले यस आइप्याडबाट पनि होम बटन हटाएको छ । यसले जेस्चर कन्ट्रोल फिचर सपोर्ट गर्दछ । यो आइप्याडमा एप्पल फेस आइड फिचर राखिएको छ ।यसका साथै एनिमोजी, मेमोजी तथा एप्पल पे लगायतका फिचर पनि यो आइप्याडमा रहेका छन् । नयाँ आइप्याड प्रो सिल्भर र स्पेस ग्रे गरी दुईवटा रङमा उपलब्ध रहेको एप्पलले जनाएको छ ।

२०७५ कार्तिक १४ गते ८:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर