विमानस्थल जान प्रधानमन्त्री इच्छुक, डाक्टरले गरे इन्कार
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १५ गते २:५६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान दिन चिकित्सकसँग आग्रह गरेका छन्।
चारदिने कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी बिहीबार (आज) स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रपतिलाई स्वागत गर्न जानुपर्ने भन्दै डिस्चार्ज दिन प्रधानमन्त्रीले आग्रह गरेको डा.सन्तकुमार दासले बताए।
तर, आफूहरुले अहिल्यै डिस्चार्ज नदिने, बरु राष्ट्रपतिलाई नै अस्पताल बोलाउने भनेर रोकेको उनले बताए। आजको नयाँ पत्रिकाबाट
२०७५ कार्तिक १५ गते २:५६ मा प्रकाशित