तिहारमा उपत्यकामा अपराधिक क्रियाकलाप न्युन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २५ गते १४:३२

काठमाडौँ । तिहारका बेला काठमाडौँ उपत्यकाभित्र आपराधिक क्रियाकलापका घटनामा न्यूनता आएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार यो महिनाको दोस्रो हप्तामा उपत्यकाका ३ जिल्लामा ८२ मुद्दा दर्ता भएका थिए। तेस्रो हप्ता अर्थात् तिहारको समयमा जम्मा ५३ वटा मुद्दा दर्ता भएका छन्।

यसपाली उपत्यकामा ७ हजारभन्दा बढी प्रहरी खटाइएकाले शान्ति सुरक्षा मजबुद भएको उनले जानकारी दिए। सो अवधिमा आपराधिक घटनामा पक्राउ परेका ६७३ मध्ये ८६ जना विरुद्ध मुद्दा दर्ता भएको छ। अन्यलाई भने चेतावनी दिएर आवश्यक कारवाही गरी छाडिएको थापाले जानकारी दिए।

यसपटक तिहारमा सवारी दुर्घटनामा समेत न्यूनता आएको छ। विशेष रणनीतिका साथ प्रहरीलाई परिचालन गरिएकाले पनि धेरै घटना हुन नपाएको थापाले बताए। ट्राफिक नियम उल्लङ्घनतर्फ चार हजार ४९४ जनालाई कारवाही गरिएको छ।

यसमा ९७९ जनालाई मापसे विरुद्धको कारवाही गरिएको उनले जानकारी दिए। तिहारको अवधिमा अपराध महाशाखाको टोलीले ३० लाख र काठमाडौँ प्रहरीले १० लाख सहित विभिन्न क्षेत्रमा गरेर कूल ४५ लाख बराबरको पटाका बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

२०७५ कार्तिक २५ गते १४:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर