मलेशिया कामदार पठाउन अझै समय लाग्ने

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ५ गते १३:५६

काठमाडैं । गत जेठ दुई गतेबाट बन्द भएको मलेशिया रोजगारी श्रम समझदारीपछि तत्कालन सुचारु हुने बताइए पनि त्यसमा अझै समय लाग्ने भएको छ। कहिलेबट मलेशिया रोजगार शुरु हुन्छ भन्नेबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अँझै समय तोक्न सकेको छैन ।

गएको कात्तिक १२ गते नेपाल र मलेशिया सरकारबीच श्रम समझदारी भएको थियो । तर, प्रक्रियागत विषयमा दुई देशबीच अन्तिम टुंगो नलागेकाले मलेशिया रोजगार शुरु हुन अँझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए । उनले भने, ‘नेपाल सरकार र मलेसिया सरकारबीच भएको ऐतिहासिक श्रम समझदारी पछि सहमती भएका विषयलाई प्रक्रियागत हिसाबले अन्तिम टुंगो लगाउने काम भैरहेको छ ।’

प्रक्रियाका विषयमा टुंगो लागेपछि नेपाल सरकारले औपचारिक रुपमा जानकारी गराएर मलेशिया रोजगारी शुरुआत गर्ने उनले बताए ।
उनले केही व्यक्ति तथा समुहले सामाजिक सञ्जालमा मलेसियाका लागि कलिगं भिषा आएकाको हकमा भिषा स्ट्याम्पिगं शुरु भैसकेको भन्ने हल्ला चलाएको भन्दै त्यस्तो कुनै तयारी नभएको बताए ।

उनले यस्तो हल्लाका पछि नलाग्नसमेत आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अनर्गल प्रचार गरिएको पाइएकोले यस्तो भ्रममा नपर्न सबैलाई अनुरोध छ । यस्ता गलत सुचना प्रवाह गरिएकोमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । कलिगं भिषा आइसकेका मात्रै नभएर नयाँ कामदार जाने हकमा पनि दुवै सरकारले अन्तिम निर्णय लिएपछि सरकारले सार्वजनिक सुचना जारी गरेरै सबैलाई जानकारी गराउँनेछ । सरकारले केहीदिनमा सबै प्रक्रियाको विधिवत टुंगो लगाएर सार्वजनिक जानकारी गराउनेछ ।’

मलेशिया र नेपालबीच भएको श्रम समझदारीअनुसार शून्यलागतमा नेपाली कामदारले मलेशिया जान पाउने व्यवस्था गरिएको छ । तर, शून्य लागतलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषय जटिल भएकाले तत्कााल मलेशिया रोजगार शुरु नभएको हो।

दुई देशका सरकारबीच श्रम समझदारी भए पनि नीजि व्यवसायीकै संलग्नतामा कामदार पठाइने भएकाले व्यवसायीहरुले शून्य लागतमा असन्तुष्टि जनाउँदै आएका छन् । लामो समय विना समझदारी मलेशिया रोजगारी चलिरहेका बेला सरकारले गरेको समझादरी उपलब्धिपूर्ण भए पनि जि टू जि सम्झौता गर्न सकिने वातावरण भएको बेला सरकारले त्यस्तो सम्झौताका लागि पहल नगरेर एक मौका गुमाएको पनि विश्लेषकहरुले बताएका छन्।

२०७५ मंसिर ५ गते १३:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर