आजबाट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) शुरु हुँदै

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते २:५४

कैलाली । धनगढीमा आजबाट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) शुरु हुँदै छ। संस्कार क्रिकेट एकेडेमीले आयोजना गरेको एलपिएल प्रतियोगितामा १२ टिम सहभागिता हुने अध्यक्ष रामचन्द्र शाहीले बताए।

धनगढी उप महानगरपालिकाका नगरप्रमुख नृप ओडले प्रतियोगिताको उद्घाटन गर्ने भएका छन् । एलपिएलमा कैलालीका ६ छिम, कञ्चनपुरका २, बाँके, काठमाडौं र भक्तपुरका १/१ टिम सहित १२ वटा टिमको सहभागिता रहने छ।

अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा सहभागी हुने टिमले सम्बन्धित विद्यालयका विद्यार्थी खेलाडी बाहेक बाहिरबाट १९ वर्ष मुनिका ५ जना खेलाडी राख्न पाउने छन्।

आज हुने प्रतियोगिताको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदन धनगढी र निष्ट स्कुल भक्तपुरबीच हुने जनाइएको छ। त्यस्तै, भोलिनै हुने दोस्रो खेल क्यास्पियन एकेडेमी धनगढी र शारदा मावि बैय्याबेहडीबीच हुने छ।

आयोजक संस्कार क्रिकेट एकेडेमीका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय तथा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

२०७५ कार्तिक २७ गते २:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर