फेसबुकले ल्यायो टिकटकलाई चुनौती दिने नयाँ भिडियो एप

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते ६:११

एजेन्सी । सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ ।

युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ । प्रयोगकर्ताले प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन् ।

फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।

यो एपमा भिडियो इडिटिङ टुल्स रहेको छ जसले प्रयोगकर्तालाई आफ्नो भिडियोमा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा उपलब्ध गराउनेछ । फेसबुकले कुनै औपचारिक घोषणा तथा भव्य समारोहविनै सुटुक्क यो नयाँ एप लञ्च गरेको हो ।

फेसबुक प्रवक्ताका अनुसार छोटो तथा मनोरञ्जक भिडियोका लागि लास्सो निकै उपयोगी एप हुनेछ । फेसबुकले अहिले यो एप प्रयोगकर्ताबाट उनीहरुका गुनासा तथा पृष्ठपोषण संकलन गरिरहेको उनले बताएका छन् ।

फेसबुकका अनुसार यो एप निशुल्क रुपमा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो इस्टाग्राम वा फेसबुक अकाउन्टबाट यो एपमा लगइन गर्न सक्दछन् । अनि लास्सो एपबाट भिडियो तयार पारी आफ्नो फेसबुकमा शेयर गर्न सक्दछन् । निकट भविष्यमा लास्सोबाट इन्स्टाग्राममा पनि भिडियो शेयर गर्ने फिचर फेसबुकले थप गर्ने बताइएको छ ।

२०७५ कार्तिक २७ गते ६:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर