सन्दीप लामिछाने आईपिएलको आगामी सिजन पनि खेल्ने पक्का, दिल्लीले गर्यो रिटेन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २९ गते १६:१९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली डेयर डेभिल्सबाटै खेल्ने भएका छन् ।

आगामी सिजनको आईपीएलका लागि दिल्लीले सन्दीपलाई क्लबमै राख्ने (रिटेन) निर्णय गरेको छ । १९ बर्षीय युवा लेग स्पिनर सन्दीपलाई गत सिजन दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

आईपीएलको नियम अनुसार अर्को सिजनसम्म खेलाडी अक्सन हुँदैन् । तर, गत सिजन अनुबन्ध भएका खेलाडी क्लबमै राख्न र छाड्न सक्ने (रिलिज) गर्ने अधिकार हुन्छ । जस अन्तर्गत सन्दीपलाई दिल्लीले क्लबमै राख्ने निर्णय गरेको हो ।

यस सिजनको आईपीएलमा एक क्लबले छाडेका खेलाडीहरु अन्य क्लबले अनुबन्ध गर्न भने पाउनेछन् ।

दिल्लीले यस सिजनमा १० खेलाडीलाई छाडेको छ । जसमा ५ विदेशी खेलाडी छन् । यस पटक दिल्लीले ग्लेन म्याक्सवेल, जासन जोय जस्ता खेलाडीलाई छाडेको छ ।

सन्दीपले यस सिजन पनि न्यूनतम पारिश्रमिक गत सिजनकै पाउनेछन् । तर, क्लबसंगको सहमतिमा नयाँ पारिश्रमिक पाउने सक्ने पनि बताईएको छ ।

गत सिजन दिल्लीको टोलीबाट सुरुआती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेल खेलेका थिए ।

दिल्ली गत सिजनमा समूह चरणको खेलमा पुछारमा रहँदै प्ले अफ पुग्न असफल भएको थियो । तर, सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए ।

रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए ।

अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए ।

२०७५ कार्तिक २९ गते १६:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर