डोल्पाको मोरिम्ला नाका निरीक्षण गर्दै भौतिक पूर्वाधारमन्त्री यादव
आजको खबर | प्रकाशित : २०७५ मंसिर २ गते ०:४१

डोल्पा । मोरिम्ला नाका निरीक्षणका गर्न भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ डोल्पा पुगेका छन्।
सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा रहेको नाकाको स्थलगत निरीक्षणका लागि शनिबार मन्त्री महासेठ, संस्कृति, पर्यटन नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारी, सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठको टोली हेलिकोप्टरबाट नेपाल–चीन सीमानाका मोरिम्ला पुगेको हो।
टोलीले दुई देशलाई ब्यापारिक दृष्ट्रिकोणले जोड्ने नाकाको रूपमा रहेको मोरिम्ला नाकाको विशेष अनुगमन गरेको छ। सो अवसरमा यहि आर्थिक वर्षभित्र बेलि ब्रिजको निर्माण गरेर भए पनि जाजरकोटदेखि डोल्पाको दुनैसम्म बाँकी सडक निर्माण गरेर सिधा यातायात संञ्चालनमा ल्याउने मन्त्री महासेठले प्रतिबद्धता जनाए।
२०७५ मंसिर २ गते ०:४१ मा प्रकाशित