इँटा भट्टामा पुरिएर मजदुरको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ मंसिर ९ गते १६:१०

काठमाडौं । इँटा भट्टामा राखिएको माटोको ढिस्कोमा पुरिएर आइतबार काठमाडौंमा एक जना मजदुरको मृत्यु भएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगल माटोको ढिस्कोले पुरिँदा बागलुङका ३९ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सतुंगलस्थित हिरा इँटा उद्योगमा काम गर्ने मजदुर गुरुङको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । माटोमा पुरिएको देखेपछि गुरुङलाई साथीहरुले उद्धार गरेका थिए । बेहोस गुरुङलाई ओम अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृतक घोषणा गरेको प्रहरीले जनाएको छ ।
२०७५ मंसिर ९ गते १६:१० मा प्रकाशित