किन घटे वैदेशिक रोजगारीमा जाने?

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ९ गते १६:१३

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै घटेको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तीन महिनाको समिक्षा तथ्यांकअनुसार अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३६ दशमलव ७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ दशमलव ६ प्रतिशतले घटेको थियो।

सो अवधिमा मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्यमात्रामा घटेको छ। चालू खाता एवं शोधनान्तर स्थिति समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु ८१ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु २५ अर्ब ५२ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८२ लाख रहेको चालू खाता घाटा समीक्षा अवधिमा रु ७१ करोड ६९ लाख पुगेको छ।

शोधनान्तर खाता रु ३५ अर्ब ४२ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता रु चार अर्ब २७ करोडले बचतमा थियो।

विदेशी विनिमय सञ्चिति बढ्यो
बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु ११ खर्ब दुई अर्ब ५९ करोडबाट १ दशमलव ७ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु ११ खर्ब २० अर्ब ९२ करोड पुगेको छ। अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ५.२ प्रतिशतले कमी आई गत असोज मसान्तमा ९ अर्ब ५६ करोड रहेको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु नौ खर्ब ८९ अर्ब ४० करोडको तुलनामा गत असोज मसान्तमा रु २४ करोडले वृद्धि भई रु नौ खर्ब ८९ अर्ब ६४ करोड रहेको छ।

चालू आवको तीन महीनामा कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव २ प्रतिशत छ। सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०७५/७६ को पहिलो तीन महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव २ महीनाको वस्तु आयात र ७ दशमलव ९ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०७५ मंसिर ९ गते १६:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर