नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते ५:१४

काठमाडौं । नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। केन्द्रीय कमिटीको कार्य विभाजन गर्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो।

शनिबार बसेको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने मिति सोमबार बिहान ९ बजे बस्ने गरि तोकिएको थियो। तर, अकस्मात आजको बैठक स्थगित गरिएको छ। किन स्थगित भयो भन्ने विषयमा कारण बताइएको छैन।

गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको यस सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि मंगलबारको बैठकमा प्रस्तुतका साथै अन्तिम रुप दिने श्रोतले जनाएको छ।

२०७५ मंसिर १० गते ५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर