अफगानिस्तानमा तीन अमेरिकी सैनिकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते १५:४३

काबुल । अफगानिस्तानको गाजनी सहर नजिकै मङ्गलबार भएको विस्फोटनमा परी कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) जनाएको छ।

घटनामा तीनजना अमेरिकी सैनिक घाइते भएका बताइएको छ। यस घटनामा मारिएका तीन अमेरिकी सैनिकसँगै सन् २०१८ मा अफगानिस्तानमा मारिने सैनिकको सङ्ख्या १२ पुगेको नेटोले उल्लेख गरेको छ।

नेटोको ‘रिजोलुट सपोर्ट’ अभियानले मारिने सैनिकको बिस्तृत विवरण तत्काल उल्लेख नगर्ने अभ्यास रहेकाले मारिने सैनिकको नाम र ठेगाना भने उपलब्ध गराइएको छैन।

मध्य अफगानिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी विछ्याइएको धराप परी उनीहरूको मृत्यु भएको अफगानिस्तानको प्रहरीले जनाएको छ।

२०७५ मंसिर ११ गते १५:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर