गजल–‘सन्तान भएर नि छोरोले अपुतो बनाइ दियो’–गीता स्मृति कठायत

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १४ गते ३:०५

प्रेमको परिभाषा सोधेको यसरी बताइ दियो
उसले इसारामै राधाकृष्ण फोटो देखाइ दियो

कसलाई थाहा छ यो आँखा भित्रको क्षेत्रफल
लाखौंका सपना करोडौंका रहर अटाइ दियो

यसरी जाती बनाउन सकिन्छ र मनको घाउ
पहिला चिरा लगायो त्यसपछि सिलाइ दियो

कुपुत्र हुनु भन्दा त पुत्र नहुनु नै जाती हुन्छ
कमाएको यही नाम हो माटोमा खन्याइ दियो

छ, छोरो छ नाती छ बुहारी छ भएर के गर्नु
सन्तान भएर नि छोरोले अपुतो बनाइ दियो।।

२०७५ मंसिर १४ गते ३:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर