छाउपडी प्रथा बारे चेतना फैलाउन पूर्वीचौकी गाउँपालिकाका ४ सय महिलालाई सामग्री वितरण

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १४ गते ३:५५

प्रकाश बम

डोटी । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिकामा एक कार्यक्रमकाबिच ४ सय महिलालाई ५ लाख वराबरको सामग्री वितरण गरिएको छ।

कु–प्रथाका रुपमा रहेको छाउपडी प्रथा र सरसफाईका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘मानवीय सेवामा अनेकौं प्रयास’ नामक गैर सरकारी संस्थाले पूर्वीचौकी गाउपालिका १ को खिरसैन फुलौटमा सामग्री बितरण गरेको हो।

उक्त वडाका ४ सय महिलाहरुलाई सेनेटरी प्याड, सावुन, हर्पिक, ब्रस, पेन्टी, सेम्पु लगायतका सामाग्री वितरण गरेको आयोजक संस्थाका संयोजक जन्मजय भट्टराईले जानकारी दिए।

मानवीय सेवामा अनेकौ प्रयास संस्थाले डोटीमा पछिल्लो समय सामाजिक सेवामा बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए। संस्थाले सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, बैतडी, डोटी, कञ्चनपुर र कैलाली जिल्लामा सामाजिक सेवामा काम गर्दै आएको अध्यक्ष जोशीले बताए।

व्यक्तिगत लगानीमा पुर्विचौकी गाउँपालिका ४ मा रहेको सरस्वती माध्यमिक बिद्यालयलाई केही समय अगाडि ३६ लाख लागतको माइक्रो बस दिनुका साथै, सोहि गाउपालिकाको वडा नम्बर ३ गैरा गाउमा रहेको दुर्गा माध्यमिक बिद्यालयमा स्वर्गिय वुवा खडक राज जोशीको नाममा १० लाख बराबर अक्षय कोषको समेत स्थापना गरेका थिए।

सामग्री वितरण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भरत वहादुर खड्काले सुदूरपश्चिममा कुप्रथाका रुपमा रहेको छाउपडी प्रथालाई न्यूनीकरण गर्न यसले सहयोग बताए। सामाजिक सेवामा काम गर्ने संस्थालाई आफूले जहिले पनि सहयोग गर्ने उनले बताए।

सामग्री पाउँदा महिलाहरु खूशी

‘मानवीय सेवामा अनेकौं प्रयास’ संस्थाले आज डोटीको पुर्विचौकी गाँउपालिकाको वडा नम्बर नं १ को खिरसैनमा महिनावारी भएका वेला आवश्यक सामग्री वितरण गर्दा सो वडाका महिलाहरुले खूशी व्यक्त गरेका छन्।

आफुहरुलाई महिनावारी भएका बेला के कस्ता सामग्रि के कसरी प्रयोग गर्ने भन्ने बारेमा थाहा नभएका बेला यसरी घरमा नै आएर यसका वारेमा सिकाएर सामग्री पाउँदा निक्कै हर्षित भएको गौरी बिष्टले बताए। सरसफाईका बारेमा ज्ञान र सामग्रि पाउदा खूशी लागेको सीता खड्काले बताइन।

२०७५ मंसिर १४ गते ३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर