गजल-‘दोषी घरमा छ निर्दोष अदालतमा छ’-चक्र मिलन

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १५ गते ५:०९

मेरा पू्र्खाको गौरव मन अनि रगतमा छ
यो देश वीर गोर्खालीको हिफाजतमा छ ।

वा क्या गज्जब छ मेरो देशको कानुन
दोषी घरमा छ निर्दोष अदालतमा छ ।

आउ वीर यौद्धाहरु मातृभूमि बचाउ
जनता बेखबर छन् देश विपतमा छ ।

राजधानी झैं सम्पन्न छ नसोच्नु सरकार
मेरो सुदूरमा बाटो छैन अझै विकटमा छ।

दुनियाँ मंगल ग्रहमा पुगिसक्दा पनि
मेरो देश अझैपनि अरुकै जफतमा छ ।

चक्र मिलन

दिपायल सिलगढी नगरपालिका ९, कलेना, डोटी

२०७५ मंसिर १५ गते ५:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर