राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते ४:२९

लागोस,। नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो ।

स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिए । नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति छन् ।

“त्यसैगरी राष्ट्रिय संसदका लागि एक हजार ८४८ जना उम्मेदवार छन्, ती मध्ये एक हजार ६१५ जना पुरुष र २३३ जना महिला रहेका छन्,” उनले भने ।

आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिवद्धता व्यक्र गर्दै सहयोगका लागि आह्वान पनि गरेका छन् ।

२०७५ मंसिर १६ गते ४:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर