सिके राउतका ९४ जनालाई मुद्दा, विप्लवका ३४७ कार्यकर्ता पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २५ गते ३:०२

काठमाडौं। शान्ति सुरक्षालाई लिएर पछिल्लो समय सरकार र नेपाल प्रहरीको चर्को आलोचना हुन गरेको छ। दैनिकजसो बलात्कार, हत्या र अपहरणका घटना सार्वजनिक हुन लागेपछि सरकार र प्रहरीको चौतर्फी आलोचना हुने गरेको छ।

सोमबार राष्ट्रियसभा अन्तर्गतको दिगो बिकास तथा सुशासन समितिको बैठकमा समितिका सदस्यले शान्ति सुरक्षा दिन नसकेको भन्दै प्रहरी महानिरीषक सवेन्द्र खनालको राजीनामा नै मागे। सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालीका सांसद प्रमिला कुमारी यादवले शान्ति सुरक्षा दिन नसक्ने हो भने राजीनामा दिन आईजीपी खनाललाई चेतावनी दिइन्।तर प्रहरीले भने शान्ति सुरक्षाको समग्र अवस्थामा सुधार आएको दाबी गरेको छ।

प्रहरी महानिरीक्षक खनालले ९७ ।५ प्रतिशत घटनामा प्रहरीलाई सफलता मिलेको बताए। बाहिर प्रचार गरिएजस्तो शान्ति सुरक्षाको अवस्था खराब नरहेको आईजीपी खनालले दाबी गरे। आइजीपी खनालले इन्टरपोलमा फरार सूचिमा रहेका सबैभन्दा धेरै अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरेको जनाए। उनले हालसम्म ७३२ फररा अभियुक्त प्रहरीले पक्राउ गरिसकेको जानकारी दिए। विगतमा गाउँमा विकास निर्माणको काममा वाधा उत्पन्न गर्ने, चन्दा माग्नेलगायतका समस्यालाई प्रहरीले नियन्त्रणमा लिएको आईजीपी खनालको भनाइ छ।

‘अहिले तपाइँहरुले गाउँ गाउँमा डोजर जलाएको, विकास निर्माणको काममा अवरोध गरेको सुन्नु भएको छरु,’ सोमबार दिगो विकास तथा सुशासन समितिको बैठकमा आईजीपी खनालले भने, ‘अहिले गाउँमा शान्ति सुरक्षाको अवस्था राम्रो छ।’आईजीपी खनालले हालसम्म ३४७ जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए। आईजीपी खनालले मधेसमा भइरहेको गतिविधिप्रति नेपाल प्रहरी सचेत गरेको भन्दै सिके राउतका ९४ जनालाई मुद्दा चलाइएको जनाए।

उनले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नेपाल प्रहरीले नछोड्ने चेतावनी दिए। उनले सिके राउवत स्वयं पनि जेलमा रहेको जनाए। उनले विगतमा व्यवासायीले चन्दा मागेर दुख दिएको गुनासो गरेको भएपनि अहिले यस्ता गुनासो आउन छोडेको बताए।

२०७५ मंसिर २५ गते ३:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर