भारत प्रशासित काश्मिरमा भीडन्त, बुधबार दुई जना हतियारधारी मारिए

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २९ गते १०:२२

श्रीनगर । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मी र सो क्षेत्रमा आतङ्ककारी क्रियाकलापहरु सञ्चालन गर्दै आएका हतियारधारीबीच भीडन्त भएको छ ।

प्राप्त समाचारअनुसार श्रीनगर शहरबाट करिब ३५ किलोमीटर पश्चिममा पर्ने खारपोरा सिर्नो भन्ने स्थानमा शनिबार बिहान सुरक्षा गस्तीमा रहेका भारतीय अर्धसैन्य बलमाथि हतियारधारी अज्ञात समूहले आक्रमण थालेपछि भीडन्त शुरु भएको बताइएको छ ।

काश्मिरका एकजना प्रहरी अधिकारीले भनेका छन्, भारतीय सुरक्षा दस्तामाथि भएको हमलापछि बिहानदेखि काश्मिरमा सो गोली हानाहान भएको छ, तर अहिलेसम्म कतैतर्फ पटि हताहतको समाचार भने प्राप्त भएको छैन ।

सो क्षेत्रमा हतियारधारीतर्फका केही लडाकूहरु च्यापिएर रहेका अनुमान गरिएको पनि ती अधिकारीले सिन्ह्वा समाचार समितिले जानकारी दिएका छन् । उनका अनुसार सो क्षेत्रमा थप प्रहरी र अर्ध सैन्य बल पठाइएको छ र उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ ।

उक्त क्षेत्रको मोबाइल फोन सेवा रोकिएको छ भने त्यस वरपरको राजमार्ग र शाखा बाटोहरु पनि बन्द गरेर हतियारधारीलाई नियन्त्रणमा लिने प्रयास जारी राखिएको अधिकारीहरुले जनाएका छन् ।

ती अधिकारीले भने, हामीले भर्खरै प्राप्त गरेको जानकारीअनुसार पनि दुवै तर्फबाट गोलीको वर्षा भइरहेको छ र क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । हामी क्षतिको विवरणको पर्खाइमा छौँ ।

सो क्षेत्रमा प्रतिबन्धित मुस्लिम समहूका हतियारधारीहले समय समयमा यसरी सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने गरेका छन् । उनीहरुमाथिको कारबाहीका क्रममा गएको बुधबारमात्र पनि दुई जना हतियारधारी मारिएका भारतीय सुरक्षाकर्मीले जानकारी दिएको थियो ।

२०७५ मंसिर २९ गते १०:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर