सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते ३:२७

लण्डन । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी शून्य समुदायको सङ्गठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट मार्फत् बताएका थिए ।

बेलायतले भने सिरियामा लडाकूहरु विरुद्धको लडाई अझै नसकिएकाले अहिले नै अमेरिकी सेना फिर्ता गर्ने बेला नभएको बताएको छ । “दाएस विरुद्धको विश्वव्यापी गठबन्धनले ठुलो प्रगति त गरेको छ, तर उनीहरुबाट हुने चुनौती भने अझै पनि कायमै रहेको छ,” बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले भनेका छन ।

देशको कुनै पनि क्षेत्र उनीहरुको चुनौतीबाट मुक्त नभएको पनि उनले बताए ।

“बेलायती जनताको सुरक्षाका लागि सरकारले आवश्यक काम जारी नै राख्नेछ, साथै हाम्रो गठबन्धन र साझेदारहरुले पनि त्यसलाई सहयोग गर्नेछन्,” एक जना विदेशी कर्मचारीले भने ।

संचार माध्यमहरुले सिरियाबाट अमेरिकी सेना फर्काउने निर्णयमा अमेरिकाले बेलायतलाई कुनै सूचना नदिएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएका थिए । उनले आइएस पराजित भइसकेको पनि दावी गरेका छन ।

आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक अधिकारीले पनि भनेका थिए, “सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयार भइरहेको छ ।”

“हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौँ ।”उनको भनाई थियो ।

अहिले सिरियामा अमेरिकाका झण्डै दुई हजार सुरक्षाकर्मी रहेको बताइएको छ । उनीहरु अधिकांश आइएस लडाकूहरुसँग लड्ने स्थानीय सुरक्षाफौजलाई सहयोग गर्ने काममा रहेका थिए ।

२०७५ पुष ६ गते ३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर