सुन्दरता बन्यो पुलिस अफिसरको दुश्मन,आफ्नै विभागले दियो चेतावनी

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ५:४९

बर्लिन। जर्मनीकी एक महिला पुलिस अफिसरलाई आफ्नै पुलिस विभागले इन्स्टाग्राममा फोटो पोस्ट नगर्न चेतावनी दिएको छ । यहाँकी एड्रिनी कोलेसजर नामकी ती महिला पुलिस अफिसरलाई ‘मोडल पुलिस अफिसर’ भनेर चिनिन्छ ।

अहिले भने उनलाई आफ्नै विभागले सामाजिक संजालमा फोटो पोस्ट नगर्नू अन्यथा जागिरबाट निकालिने चेतावनी दिएको छ । एड्रिनी विगत २ वर्षदेखि सुन्दर फोटोका कारण इन्स्टाग्राममा सनसनी बनेकी छिन् । दुई वर्षमा उनका इन्स्टाग्राममा लाखौं फलोअर बढेका छन् ।

एड्रिनी सबैभन्दा धेरै फोटो जिममा ब्यायामपछि पोस्ट गर्छिन् । उनले आफ्नो सिक्स प्याकबाट मानिसहरुलाई धेरै प्रभावित बनाएकी छिन् । तर, पुलिस डिपार्टमेन्टलाई भने यो कुरा मन परेको छैन । विभागले प्रस्ट भनेको छ कि बिकिनी फोटो सामाजिक संजालमा पोस्ट नगर्नु । विभागले भनेको छ कि या त पुलिसको काम गर्नु या इन्स्टाग्राम चलाउनु दुवै काम एकै पटक हुन सक्दैन । विभागले उनको ध्यान आफ्नो काममा नभएको मानेको छ ।

२०७५ पुष ७ गते ५:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर