यो वर्ष काटिएका विदा आगामी वर्ष फेरि थप्ने सरकारको तयारी, कुन कुन थप्ने भयो ?

आजको खबर   |    प्रकाशित : २०७५ पुष १९ गते १६:२१

काठमाडौं । यो वर्ष काटिएका विदा आगामी वर्ष २०७६ मा फेरि थप्ने तयारी सरकारले गरेको छ ।

गएको चैतमा मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक बिदा धेरै भएकाले सरकारी कामकाज नै प्रभावित भएको भन्दै २०७५ को क्यालेण्डरमा बिदा कटौती गरेको थियो।

बिदा पुनरावलोकन गर्न गठित कार्यदलले ०७५ मा कटौती भएका सबै बिदाहरु ०७६ मा राख्न सरकारसमक्ष प्रस्ताव पेस गरेको छ। सरकारले ०७५ मा १२ दिन सार्वजनिक बिदा कटौती गरेको थियो। अब २०७६ मा एक दिन थपेर १३ दिन सार्वजनिक बिदा थप गर्न प्रस्ताव गरेको हो।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सदस्य रहेको समितिले १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो।

समितिले किराँत चाड उभौली बु्द्ध पूर्णिमा र उधौलीका लागि २ दिन, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३ दिन, क्रिसमसमा १ दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा १–१ दिन गरेर ३ दिन बिदा दिन प्रस्ताव गरेको छ ।

यस्तै छठ पर्वमा १ दिन, ऋषि पञ्चमी (महिलालाई मात्रै) १ दिन, माघी पर्वमा १ दिन र जनै पूर्णिमामा १ दिन गरी १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो।

२०७४ मा केपी शर्मा ओली नेतृत्वकै सरकारले विभिन्न समुदायले मनाउने चाडपर्वमा यस अघि दिँदै आएको कूल १२ दिनको सार्वजनिक बिदा कटौती गरेको थियो। तिनै बिदा पुनस्थापित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको हो।

२०७५ पुष १९ गते १६:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर