आगो ताप्दा ताप्दै, जल्छन महिला

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते १:१६

जनकपुरधाम । जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर( आगो) ताप्छन् ।

प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि आगो काल बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको बर्न वार्डमा अहिले ६ जना आगोले पोलेका बिरामी उपचाररत छन् ।

घरायसी काममा यसैपनि आगोसँग महिला नै बढी जुध्नुपर्छ । महिलालो साडी अड्याउन पेटिकोट लगाउँछन् । त्यसको गाँठो बलियो पार्छन् नै ।

यस्तो अवस्थामा कहीँकतै आगोले साडीमा समातिदियो भने सजिलै साडी फुकाल्न नसकिने र समय लाग्ने हुँदा कम्मरमूनिको भागबढी जल्ने गरेको बर्न भाइलेन्स सर्भाइबर संस्थाकी धनुषा प्रतिनिधि सिया सहेली कुमारी साहले बताइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

२०७५ पुष २२ गते १:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर