विद्यालयको स्तरोन्नतीका लागी सौर्य उर्जा र सि.सि क्यमेरा जडान

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते ४:३७

कञ्चनपुर । विद्यालयमा उर्जा प्रवधनको लागी सौर्य उर्जा जडान भएको गरिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई आधुनिक प्रविधिको उपयोग बाट प्रभावकारी , सहज र व्यवस्थित बनाउने हेतुले वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो ।

विद्यालयमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेयले बताए । शिक्षक पाण्डेयका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्यालयका लागि रु चार लाख ५७ हजार ८९० अनुदानस्वरुप उपलब्ध गराएको हो । सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र १२ वटा पङ्खा, प्रिन्टर, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको छ ।

यसैगरी, विद्यालयको पठनपाठन गुणस्तरीय एवं शौक्षिक सुधार गर्नका लागि विद्यालयमा सिसी क्यामरासमेत जडान गरिएको छ । रु ४० हजारको लागतमा विद्यालयको आन्तरिक कोषबाट चार सिसीटिभी क्यामरा जडान गरिएको शिक्षक पाण्डेयको भनाइ छ ।

२०७५ पुष २२ गते ४:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर