सांसद रेशमलाल चौधरीलाई जेलमै राखेर कारबाही गर्न सर्वोच्चको आदेश

आजको खबर   |    प्रकाशित : २०७५ पुष २३ गते १३:३२

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई जेलमै कानुनअनुसार कारबाही गर्न आदेश दिएको छ ।
सर्वोच्चले जिल्ला अदालत र उच्च अदालतले थुनामै राखेर मुद्दा चलाउन दिएको आदेशलाई सदर गरेको हो ।

सर्वोच्चका न्यायाधीश इश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको सयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै भर्खरै सांसद पदको शपथ ग्रहण गरेका चौधरिको जेलबाट छुट्ने सपना तुहिएको छ ।
सांसद रेशमलाल चौधरीलाई जेलमै राखेर कारबाही गर्न सर्वोच्चको आदेश
पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई यही पुस १९ गते सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको अनुरोधमा शपथ ग्रहण गराएका थिए । शपथ ग्रहणपछि फेरि उनलाई जेल पठाइएको थियो ।

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको घटनाका अभियुक्त चौधरी जिल्ला अदालतको आदेशले थुनामा छन् ।

उनले आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश कानुनसम्मत नभएको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि चौधरी सर्वोच्च आएका हुन् ।

सर्वोच्चले पनि जिल्ला र उच्च अदालतको आदेशमा परिवर्तन गरिरहनु नपर्ने भनेको हो ।

सर्वोच्चले चौधरीउपर प्रहरी नायब निरीक्षक मानबहादुर बोहरालगायत ८ जनाले ज्यानसम्बन्धी मुद्दामा किटान गरी पोल गरेको, घटनास्थलमा उपस्थित प्रहरीले कागज गर्दा चौधरीसमेत उपर किटानी पोल गरेको, सहअभियुक्तहरुले चौधरीको निर्देशनमा घटनामा संलग्न भएको भनी बयान दिएको, चौधरीको कल डिटेल हेर्दा घटनास्थल भन्दा टाढा रहेको नदेखिएको, प्रतिवादी प्रदीप चौधरीले अदालतसमक्ष गरेको बयानमा रेश चौधरीउपर किटानी पोल गरेकाले उनले कसुर गरेकाो भनी विश्वास गर्न सकिने पर्याप्त आधार देखिएको ठहर गरेको छ ।

चौधरी फरार रहेको अवस्थामा वारेसमाफर्त प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनि विजयी भएका थिए । उनी सत्ता समर्थक दल राजपाका तर्फबाट उम्मेदवार बनेर विजयी भएका हुन् ।

२०७५ पुष २३ गते १३:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर