आज पनि हावाहुरीसहित वर्षा हुने सम्भावना, आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३१ गते २:४७

काठमाडौँ – देशका अधिकांश स्थानमा शुक्रबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली र भई बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो रहेको छ आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ३१  गते (शुक्रबार)

दिउँसोः देशकको मध्य तथा पश्चिमी पहाडी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि  भु-भागमा आंसिक बदलि हुनेछ।  पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशकको मध्य पहाडी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु–भागमा सामान्य बदली र बाँकि  भु–भागमा आंसिक बदलि हुनेछ।  पुर्वी भु–भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ३२  गते (शनिबार)

दिउँसोः देशको पुर्वी भु(भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका केहि स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार १  गते (आइतबार)

दिउँसोः देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातिः देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

२०७६ जेठ ३१ गते २:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर