चौध वर्षदेखि फरार अभियुक्त पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ पुष २३ गते १६:५३

वालिङ । कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता विजयकुमार सिंहका अनुसार २०६१ साल कात्तिकमा साबिकको तुल्सीभञ्ज्याङ–१ सिजाखर्कका सोमबहादुर रानालाई आक्रमण गरेका सोही ठाउँका ठगबहादुर राना भन्ने थमनबहादुर राना मगरलाई पक्राउ गरिएको हो ।

ठगबहादुरले साइकलको चेन, लाठी, दाउराले आक्रमण गर्दा गम्भीर घाइते भएका सोमबहादुरलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सोमबहादुरको मृत्युपश्चात् फरार रहेका ठगबहादुरलाई रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ सेमरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

२०७५ पुष २३ गते १६:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर