सरकारको कार्य तिव्र , बैंकिङ सेवा देशका कयौँ स्थनिय तहमा पुग्दै

आजको खबर   |    प्रकाशित : २०७५ पुष २५ गते २:२८

फिदिम । मुलुकमा लोकतान्त्रीक पकृयाबाट स्थानिय निकायको चुनाव भएर जनप्रतिनिधी छानिएको पनि एकवर्ष भन्दा धेरै भइसक्यो । जनतालाइलाई स्थानिय स्रोतबाट नै सबैखाले सुविधा प्रदान गर्ने तथा सम्पुर्ण सरकारीकार्य लाई अधिकार प्रदान गरी सेवा सुविधा उपलब्ध गराउन यसको लागु गरिएको हो । यहि पक्रियालाई निरन्तरता दिँदै सरकारले देशका सबै स्थानिय तहमा बैंकिङ सेवा उपलब्ध गराई स्थानिय जनतालाई बचत तथा ऋण उपलब्ध गराउन र स्थानिय तहका जनतालाई सेवा सुविधा प्रदान गर्नका लागी  सरकारले यो कार्य लाई निरन्तरता दिइरहेको छ ।

पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ ।

सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताए ।

“योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो”, उनले भने, “शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए ।” गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । “सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने लक्ष्य छ,” उनले भने ।

स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ । हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ । दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार भएको छ ।

फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन् । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ ।

तुम्बेवा गाउँपालिकामा स्थापना भएको बैंकको शाखा उद्घाटन गर्दै गाउँपालिका प्रमुख होमनाथ थापाले स्थानीयस्तरमै बैंकिङ सेवा प्राप्त हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने बताए । स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सयौँ विकास निर्माणका योजनाको सम्पूर्ण कार्य स्थानीय तहमै सम्पन्न भए पनि निकासा लिन भने सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । विप्रेषणका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो ।

२०७५ पुष २५ गते २:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर