कराँते टोली भारत प्रस्थान

आजको खबर   |    प्रकाशित : २०७५ पुष २६ गते ३:१५

काठमाडौं । आइमास विश्व कुमुते कराँते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली भारतको राजस्थान प्रस्थान गरेको छ ।

आज ‘बिहीवार’देखि शुरु हुने प्रतियोगितामा आर्यन रन्जित र आयुशा तामाङले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा राजेन्द्र कपाली, व्यवस्थापकमा नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते संघका अध्यक्ष सञ्जय रन्जित तथा अफिसियलमा बालकृष्ण श्रेष्ठ र माधवप्रसाद तिम्सिना छन् ।

राकेश श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

२०७५ पुष २६ गते ३:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर