जापानमा रहेका एक नेपालिले गरे झुण्डिएर आत्माहत्या

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २१ गते ७:०९

जापान । कामको सिलसिलामा जापान गएका एक नेपालीले जापानको ओसाकामा झुण्डिएर आत्माहत्या गरेका छन्। जापानको ओसाकाको एक नेपाली रेष्टुरेण्टमा कार्यरत गुल्मीको वामी घर भएका सापकोटा थरका उनले मार्च २ तारिख अपरान्ह आत्महत्या गरेको नेपालीहरुले जनाएका छन्।

करिब ३६/३७ वर्षीय उनले शनिबार बिदाको दिन पारेर आफ्नै कोठाको बाथरुपमा झुण्डिएर आत्माहत्या गरेका हुन्। काम गर्ने रेष्टुरेण्ट सञ्चालककै कोठामासँगै बस्दै आएका उनलाई साँझ करिब ८ बजे मृत भेट्टिएको थियो। भित्रबाट बन्द गरिएको कोठा ढकढकाउँदा नखोलेपछि प्रहरी बोलाएर खोलेर हेर्दा बाथरुममा झुण्डिएको अवस्थामा मृत भेटिएको मृतक सापकोटाका साथीहरुले बताए।

हाल मृतक सापकोटाको शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको र नेपालमा रहेको परिवारसँग सम्पर्क गर्ने प्रयास भईनसकेको बताईएको छ।

२०७५ फागुन २१ गते ७:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर