गुठि बिधेयक पास हुनुपर्ने भन्दै दाङका किसान आन्दोलनमा उत्रिए (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३१ गते १:३१

घोराही (दाङ) । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ जस्ताको त्यस्तै पास गर्न भन्दै घोराहीमा आन्दोलन भएको छ ।

सरकारले भूमिहीन, किसान, सुकुम्बासी र गुठीपीडितका पक्षमा विधेयक ल्याएको भन्दै यहाँको स्वर्गद्वारी गुठीपीडित संघर्ष समिति र जिल्ला भूमि अधिकार मञ्चले संयुक्तरुपमा दबाबमूलक ¥याली एवं सभा गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ५ का सचेतक शान्ता चौधरीले भूमिहीन, सुकुम्बासी, श्रम गर्ने किसानका पक्षमा विधेयक ल्याएको प्रष्ट पारिन् । उनले सरकारले चालेको कदमलाई वर्षौदेखि बासका लागि संघर्ष गरिरहेका किसानलाई साथ दिनको लागि आग्रह गरिन् ।

यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गा चौधरीले खेतबारी जोतेर खुट्टामा ठेला उठाएकाको पेटमा लात हान्ने काम गर्न नहुने बताइन् ।

विरोधसभामा जिल्लाका स्वर्गद्वारी, चौघेरा गुठी एवं विभिन्न विद्यालय, क्याम्पसका सरकारी जग्गा भोगचलन गर्दै आइरहेको किसान एवं भूमिहीन सुकुम्बासी सहभागी भएका थिए । उनीहरुले किसानका पक्षमा आएको विधेयकले विरोध गर्ने, पास हुन नदिएर बाधा अड्चनको काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

 

२०७६ जेठ ३१ गते १:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर