शिक्षक नहुँदा हुम्लाको एक विद्यालयमा तालाबन्दी

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३२ गते ७:३२

सिमिकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ ।

गएको चैत महीनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नभएको भन्दै विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।

खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको शङ्कर आधारभूत विद्यालय कक्षा ८ मा अध्ययन गर्ने विष्णुदेवी रावलले जानकारी दिईन् ।

छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र शुरु भएको एक महीनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन नभएको जानकारी दिए ।

उता विद्यालयका प्रअ भने विद्यालयमा गाउँपालिकाले शिक्षक खटाएता पनि काजमा गएका कारणले र विद्यालयमा शिक्षक नभएकाले पठनपाठनमा केही समस्या आएको प्रधानाध्यापक वीर्खबहादुर छत्यालले बताए ।

२०७६ जेठ ३२ गते ७:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर