‘जनताले दिएको दुईतिहाई बाँदरको हातमा नरिवल’ : कमल थापाको टिप्पणी

आजको खबर   |    प्रकाशित : २०७६ असार ५ गते १:३०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले ओली नेतृत्वको वर्तमान सरकारलाई जनताले दिएको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको भनि कडा टिप्पणी पनि गरे ।

उनले राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढने अनकन्टक लक्ष्य लिएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार र दिशाहिन बन्न पुगेको बताएका छन् । उनले प्रमुख प्रतिपक्ष काँग्रेसले पनि पटक पटक बेइमानी गरेको उल्लेख गर्दै जनताले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा लिएको दावीसमेत गरे ।

अध्यक्ष थापाले काँग्रेस–कम्युनिष्ट नेतृत्वको सरकारले पटक पटक धोका दिएपछि आम जनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दावी गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुकको भरपर्दो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने दृढता पनि व्यक्त गरे ।

२०७६ असार ५ गते १:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर