जनकपुरधाममा ९ वटा सिलिन्डर विस्फोट
आजको खबर | प्रकाशित : २०७६ असार ५ गते ६:५५

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एका बिहानै ९ वटा सिलिन्डर विस्फोट भएको छ।
जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डारमा मानिसहरु मस्त निन्द्रामा रहेका बेला क्रमिक रुपमा ९ वटा ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उक्त सिलिण्डर विस्फोटबाट गोविन्द मिष्ठान भण्डार र अन्य २ होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । सिलिन्टर विस्फोटसँगै घरमा आगलागी भएको थियो ।
अहिले विस्फोटस्थलमा घटनाको क्षतिबारे र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
२०७६ असार ५ गते ६:५५ मा प्रकाशित