युरोपको गन्तव्यमा नेपाल प्रवद्र्धन

आजको खबर   |    प्रकाशित : २०७६ असार ८ गते ९:३५

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहभागितामा युरोपका प्रमुख पर्यटकीय गन्तव्यमा नेपालको पर्यटन प्रवद्र्धन गरेको छ । युरोपको प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा ‘नेपाल सेल्स मिसन युरोप २०१९’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बोर्डले एक विज्ञप्तिमार्फत जनाएको छ । नेपाली व्यवसायीमार्फत युरोपेली समकक्षी टुर अपरेटरसँग सम्बन्ध विस्तार र व्यवसाय वृद्धि गरी नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले सेल्स मिसन गरिएको बोर्डले जनाएको छ ।

 

भ्रमण वर्षलाई केन्द्रित गर्दै फ्रान्सेली भाषी बाहुल्य भएका शहरमा यस्तो सेल्स मिसनको आयोजना गरिएको हो । यही जुन १७ देखि शुरु भई जुन २१ मा सम्पन्न भएको उक्त कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगका राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी तथा बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्ग (बेनेलक्स)का लागि नेपाली राजदूत लोकबहादुर थापाले उपस्थित अन्तर्राष्ट्रिय ट्राभल एजेण्ट्स र टुर अपरेटरहरुलाई स्वागत गर्नुभएको थियो ।

 

उक्त अवसरमा बोर्डले नेपाल हिमालहरुको मात्र देश मात्र नभई, यहाँको प्राकृतिक, सांस्कृतिक आकर्षणले पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने भावको प्रस्तुतिकरण दिएको थियो । बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले उक्त सेल्स मिसनमा गन्तव्य प्रस्तुतिकरण दिनुभएको थियो । प्रस्तुतिकरणमा नेपालका विभिन्न पर्यटकीय आकर्षण र पर्यटन प्रवद्र्धनमा नेपालले थालेका अभियान समावेश गरिएका थिए । सहभागी पोखरामा रहेको ह्वीलचेयर प्रयोगकर्ताका लागि बनेको पदयात्रा मार्गका बारे जान्न उत्सुक देखाएको विज्ञप्तिमा जनाइएको छ ।

२०७६ असार ८ गते ९:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर