दलित पत्रकारको राष्ट्रिय सम्मेलन असार १३ देखि

आजको खबर   |    प्रकाशित : २०७६ असार ११ गते २:३२

नेपाल पत्रकार महासङ्घमा आवद्ध दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा यही असार १३, १४ र १५ गते हुने भएकोे छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि महासङ्घले मूल समिति र छ उपसमिति गठन गरेको पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

 

सो सम्मेलनमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद, विभिन्न सञ्चारमाध्यमका प्रमुखको सहभागिता रहने बताइएको छ । देशभरबाट झण्डै एक सय बढी पत्रकारको सहभागिता हुँदा पाल्पाको पर्यटन क्षेत्रको थप प्रचारप्रसार हुने विश्वास गरिएको छ ।

२०७६ असार ११ गते २:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर