आहा ! पोलेको मकै खादाँ मिठो मात्रै हैन फाइदा पनि कत्तिकत्ति

आजको खबर   |    प्रकाशित : २०७६ असार ११ गते १५:४८

काठमाण्डौ । अहिले मकैको सिजन । सडक किनारामा मकै पोलेर बेच्नेहरु प्रसस्तै पाइन्छन् र पोलेका मकै मिठो मानेर खानेहरु पनि निकै धेरै हुन्छन् ।

पोलेर होस् वा उसिनेर मानिसहरु हरियो मकै निकै खान्छन् यो बेला । के तपाईलाई थाहा छ ? पोलेको मकै खाँदा स्वादिलो मात्र होइन स्वास्थ्यका लागि लाभदायिक पनि छ । यसमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट, भिटामिन सी, क्यारोटिनाइड तथा बायोफ्लेभिनोइड पाइन्छ ।

जान्नुहोस् पोलेका मकैका स्वास्थ्यबर्दक फाईदाहरु

– पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि क मगर्दछ ।

– पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ ।

– मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ ।

– मकैको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, उच्च रक्तचापको समस्या कम गर्ने तथा मुटुलाई स्वस्थ राख्न सघाउँदछ ।

– मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।

– काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खनाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।

– हरीयो मकैको सेवनले हाम्रो छाला कोमल हुनुका साथै रोग प्रतिरोधी क्षमता बढ्ने र बुढ्यौलीका लक्षण छिटो देखिने समस्या कम हुन्छ ।

२०७६ असार ११ गते १५:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर